टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २१ माघ २०७७, १७ : ३३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रुपन्देही । मायादेवी गाउँपालिका–४ स्थित हुलाकी सडक खण्डमा बुधबार दिउँसो भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको लु २ ख २७०२ नम्बरको टिपरले बिपरित दिशाबाट आउँदै गरेको लु ३९ प ५३१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।  

जिल्ला प्रहरी कार्यलय रुपन्देहीका अनुसार स्थानीय २० वर्षीय रवि कुमार तिवारीको  ठक्करपछि उपचारको क्रममा मेडिकल कलेज भैरहवमा मृत्यु भएको हो । टिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।