भक्तपुर । सर्लाही जिल्ला स्थायी घर भई हाल भक्तपुरमा बस्दै आएकी एक १९ वर्षकी किशोरी आफ्नै कोठमा बलात्कृत भएकी छिन् । भक्तपुर नगरपालिका वडा नम्बर– १०, कमलविनायकमा कोठा लिई अध्ययनरत युवतीलाई सोही स्थानका एक युवकले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।
आफु कोठामा एक्लै भएको समयमा ३१ वर्षका विकास तजलेले एक्कासी कोठाभित्र प्रवेश गरी चुकुल लगाई डर धाकधम्की दिई बोल्न कराउन नदिई जबरजस्ती करणी गरेको युवतीले उजुरीमा उल्लेख गरेकी छिन् । सामान्य चिनजान भएका तजलेले युवती कोठामा एक्लै भएको मौका पारी बलात्कार गरेको महानगरीय प्रहरी भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिएका छन् ।
यहि माघ १६ गते महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा दिएको किटानी जाहेरी दरखास्तको आधारमा तजलेलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । तजलेलाई पक्राउ गरी आइतबार जिल्ला अदालत भक्तपुरमा पेश गरी यसबारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० माघ २०७७, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनगढीमा विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत
छाउगोठमा बसेकी १६ वर्षिया किशोरी बलात्कृत, एक जना पक्राउ
६१ वर्षीय वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत