नेपाल र कतारबीचको टी–२० शृंखला स्थगित

सफल खबर संवाददाता

सोमबार, १९ माघ २०७७, १२ : ३३
नेपाल र कतारबीचको टी–२० शृंखला स्थगित

काठमाडौं । नेपाल र कतारको राष्ट्रिय क्रिकेट टिमबीच हुने भनिएको भनिएको टी–२० अन्तर्राष्ट्रिय शृंखला स्थगित भएको छ । नेपाल र कतारबीचको टी–ट्वान्टी शृंखला कतारमै फेब्रुअरी ९, १० र १२ मा हुने तय भएको थियो ।

अन्तिम समयमा आएर कोरोना महामारीका कारण शृंखला स्थगित गर्नुपरेको पत्र कतार क्रिकेट संघले नेपाल क्रिकेट संघ ९क्यान०लाई पठाएको अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

उनले भने, “कोरोना महामारीका कारण तत्कालका लागि स्थगित भनेर भनिएको छ । थप कुरा पछि जानकारी होला ।”

शृंखलाकै लागि नेपाल क्रिकेट संघ ९क्यान०ले १८ सदस्यीय टोलीलाई बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको थियो । शृंखला नहुने भएपछि बन्द प्रशिक्षणसमेत नहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस