संसद विघटनविरूद्धको रिटमा सरकार पक्षमा आजबाट कानून व्यवसायीले बहस गर्ने

सफल खबर संवाददाता

सोमबार, १९ माघ २०७७, ११ : ५३
संसद विघटनविरूद्धको रिटमा सरकार पक्षमा आजबाट कानून व्यवसायीले बहस गर्ने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा आजबाट सरकारी पक्षबाट बहस शुरू हुने भएको छ । आइतबार निवेदकको तर्फबाट बहस सकिएको थियो । प्रतिनिधिसभा विघटनविरूद्द १३ वटा रिट परेको थियो ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट १८६ अधिवक्ताले सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्नेछन् । महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट ११ जना अधिवक्ता र अन्य १७५ जना कानुन व्यवसायीले प्रतिनिधिसभा विघटनको पक्षमा बहस गर्न वकलतनामा भरेका छन् । 

पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । सरकार पक्षले विघटन संविधान सम्मत भएको दाबी गरिरहेको छ भने नेकपाकै माधव नेपाल–प्रचण्ड समूह, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायत नागरिक समाज विघटन असंवैधानिक भन्दै आन्दोलनमा छन् । 
 
प्रतिनिधिसभा विघटन असंवैधानिकभन्दै दायर रिटमा निवेदकका पक्षबाट ७० कानून व्यवसायीले १३ दिन बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस