काठमाडौँ । नेपाली सेनाको बख्तरबन्द गाडीहरु सडकमा निस्कने भएका छन् । सेनाका अनुसार माघ १९ गते राति बख्तरबन्द गाडीहरुले चक्रपथको चक्कर लगाउने भएको हो ।
सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार बख्तरबन्द गाडीहरुले काठमाडौंस्थित चक्रपथको चक्कर लगाउने योजना रहेको हो ।
त्यसैगरी, ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको पनि उनले जानकारी दिए । सेनाले जनमानसमा त्रास नहोस् भनेर पूर्वसूचना दिएको पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ माघ २०७७, २० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रथम कर्णाली हाफ म्याराथनको पुरुषतर्फ सेनाका रावत विजयी
नेपाली सेनामा भर्ना खुल्यो
उपनिर्वाचनमा सेना प्रयोग गर्न राष्ट्रपतिको स्वीकृति
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
फास्ट ट्र्याक सडकका लागि सेनाले माग्यो वृक्षारोपण हेरालुका लागि ८ जना कर्मचारी
सेनाद्वारा ६५ वटा विस्फोटक पदार्थ निष्क्रियद्वारा ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय