बर्डफ्लू देखिएपछि नेपालमा कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध

सफल खबर संवाददाता

आइतबार, १८ माघ २०७७, १२ : ०७
बर्डफ्लू देखिएपछि नेपालमा कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध

काठमाडौँ । बर्डफ्लू देखिएपछि नेपालमा कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार बर्डफ्लू संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै मुलुकभित्र निगरानी उच्च बनाइएको छ । 

रोग देखिएको क्षेत्र तारकेश्वर नगरपालिकाको वडा नं ७ साङ्लेखोला, फुटुङकाका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।

चिकित्सकहरूले बर्डफ्लूबाट विगतमा मानिसको मृत्युसमेत भएकाले भरसक मासु तथा मासुजन्य खाने कुरा नखान तथा खाए पनि राम्ररी पकाएर खान सुझाव दिएका छन् ।

भारतमा इन्फ्लुएन्जा ‘ए’ अन्तर्गतको एचफाइबएनएइट स्ट्रेन बर्ड फ्लू पत्ता लागेसँगै नेपालमा पनि बर्डफ्लू देखापरेको हो । सन् २०१९ मा बर्ड फ्लु भाइरसकै कारण नेपालमा २१ वर्षीय युवकको मृत्युसमेत भइसकेकाले यसबाट जोगिन उच्च साबधानी अपनाउन सरूवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले आग्रह गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस