प्रधानमन्त्री ओली चढेको हेलिकप्टर ल्याण्ड गर्ने बेलामा उड्यो प्रतिगमन मूर्दावाद लेखिएको ब्यानर

सफल खबर संवाददाता

शनिबार, १७ माघ २०७७, १५ : १५
प्रधानमन्त्री ओली चढेको हेलिकप्टर ल्याण्ड गर्ने बेलामा उड्यो प्रतिगमन मूर्दावाद लेखिएको ब्यानर

चितवन । भरतपुरमा निर्माण गरिने सिटी हलको शिलान्यासका लागि चितवन आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय युवा संघ नेपाल चितवनले प्रतिगमन मूर्दावाद लेखिएको कालो ब्यानर देखाएको छ ।

भरतपुर विमानस्थलमा शनिबार दिउँसो प्रधानमन्त्री ओली चढेको हेलिकप्टर ल्याण्ड गर्ने बेलामा विमानस्थल बाहिरबाट प्रतिगमन मूर्दावाद लेखिएको ब्यानर उडाइएको थियो । सम्भावित विरोधलाई ध्यानमा राखेर भरतपुरमा सुरक्षा व्यवस्था कडा पारिएपनि युवा संघले बेलुनमा बाँधेर कालो ब्यानर उडाएको हो ।

प्रतिक्रिया दिनुहोस