महालक्ष्मी विकास बैंक लि. द्वारा माउन्ट केटू आरोहण समूह सम्मानित

सफल खबर संवाददाता

शुक्रबार, १६ माघ २०७७, १३ : ५०
महालक्ष्मी विकास बैंक लि. द्वारा माउन्ट केटू आरोहण समूह सम्मानित

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले पाकिस्तानमा अवस्थित “ज्यानमारा हिमाल” भनेर चिनिने विश्वको दोस्रो अग्लो हिमाल केटू आरोहण गर्ने समूहलाई सम्मान गरेको छ । शुक्रबार  लिमिटेडले सो हिमाल  (८,६११ मिटर) को हिँउदयाम (२०७७ माघ ३ गते शनिबार) मा सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमान बनाउन सफल माउन्ट केटू आरोहण समूहलाई स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको हो ।

२०७७ माघ १६ गते शुक्रबार बैंकको प्रधान कार्यलयमा आयोजित अभिनन्दन कार्यक्रममा हिमाल केटूको चुचुरोमा नेपालको झण्डा फर्फराएर नेपालको नाम विश्व सामु परिचित गराउन आरोही समूहले पु¥याएको योगदानको कदर स्वरुप बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले माउन्ट केटू आरोहण समूहलाई रु.पाँच लाख नगद पुरस्कार तथा सम्मान–पत्र प्रदान गरे । 

कार्यक्रममा आरोहीश्री निर्मल पुर्जा ज्यूले बैंकले प्रदान गरेको यस सम्मानले साहासिक कार्यको लागि थप हौसला मिलेको बताए । उक्त कार्यक्रममा माउन्ट केटू आरोहण समूहका सदस्यहरु, बैंकका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस