काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले जनतको ठूलो त्याग र संघर्षबाट ल्याएको लोकतन्त्रको रक्षाका लागि राजनीतिक दल सडकमा उत्रेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गदै उहाँले आन्दोलनले लोकतन्त्र र संविधानको रक्षा गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्ने प्रष्ट पार्नुभयो । उहाँले संविधान बमोजिम संसद् पुनःस्थापना अनिवार्य रहेकाले त्यही मुद्दालाई केन्द्रविन्दुमा राखी सडक संघर्षका कार्यक्रम जारी रहेको धारणा राख्नुभयो । एक प्रश्नको जवाफमा उहाँले निर्वाचन आयोगले निर्वाचनसम्बन्धी आफ्ना कार्यक्रम गर्दै जाने होे, त्यो नै अन्तिम नभएको बताउनुभयो ।
नेता खनालले पार्टीभित्र आफ्नो समूहको दुई तिहाई बहुमत रहेकाले निर्वाचन आयोगले यसलाई आधिकारिकता दिने दाबी गर्नुभयो । वरिष्ठ नेता खनालले प्रदेशका मुख्यमन्त्री विरुद्ध ल्याएको अविश्वास प्रस्ताव पारितका लागि लोकतन्त्रप्रति आस्थावान सबै दल एक हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १५ माघ २०७७, २१ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समृद्धिका निम्ति सबै नेपाली एक ढिक्का हुनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल
भीम रावलको अभियानलाई शुभकामनासहित झलनाथको दिए तीन बुँदे सुझाव
बीआरआईबारे झलनाथको टिप्पणी- नयाँ भिजन नहुनेहरूले ऋण लिनै हुँदैन भनिरहेका छन्
झलनाथ खनालले भने -पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन
पश्चमागी ढंगले संविधान संशोधन गर्न खोजे अर्को जनआन्दोलन निम्तिन्छ : झलनाथ खनाल
महाधिवेशनअघि नेताहरूको भेटघाट सामान्य हो, गुटबन्दी होइन : झलनाथ खनाल