काठमाडौं । नेपाली सेना जङ्गी अड्डामा ‘एकीकरण मार्ग कार्यक्रमसबन्धी बृहत् सेमिनार’ गर्ने भएको छ । उक्त मार्गको अवधारणा, नेपालको ऐतिहासिक गढी र किल्लाको सम्पूर्ण जानकारी, एकीकरण मार्ग कार्यक्रमसम्बन्धी वृत्तचित्र प्रदर्शनलगायत समसामयिक विषयमा गहन छलफल हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रधानमन्त्री तथा रक्षामन्त्रीले उक्त सेमिनार समापन समारोहलाई सम्बोधन गर्नु हुनेछ । प्रधानसेनापति पूर्णचन्द्र थापाले यही माघ २२ गते उद्घाटन गर्नु हुने उक्त सेमिनार माघ २३ र २५ गते सञ्चालन हुनेछ ।
उक्त सेमिनारमा पुरातत्व, इतिहास र भूगोलविद्, सरकारका उच्चपदस्थ अधिकारी, पर्यटन व्यवसायी, प्रदेश सरकार तथा स्थानीय तहका प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि, उच्च सैनिक अधिकृत, विद्यार्थी र पत्रकारको सहभागिता हुनेछ ।
नेपालको एकीकरणका क्रममा त्यस बेला पृथ्वीनारायण शाह र गोर्खाली सेनाले प्रयोग गरेको बाटोलाई एकीकरण मार्गको नाम दिई सेनाले पछिल्लो उक्त मार्गलाई पर्यटन पदमार्गका रुपमा विकास गरी मुलुकको समृद्धिसग जोड्ने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
ऐतिहासिक सम्पदाकारुपमा रहेका गढी तथा किल्लाको संरक्षण र सम्वद्र्धन गर्दै राष्ट्रिय एकताको भावना जगाउन योगदान पुगोस् भन्ने हेतुले सेनाले उक्त कार्यक्रम गर्न लागेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १४ माघ २०७७, २१ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
मध्य अफ्रिकी गणराज्यमा तैनाथ शान्ति सेनाको अदलीबदली
भैरहवामा फेला परेको बम नेपाली सेनाद्वारा निष्क्रिय
सिरियामा नेपाली शान्ति सेना सुरक्षित : नेपाली सेना
सैनिक तालिम महानिर्देशनालयको महानिर्देशकमा शाह नियुक्त
मकवानपुरमा गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी