काठमाडौं । सरकारले तिर्नुपर्ने ऋणको अंश बढ्दै गएको छ । अर्थ मन्त्रालयलका अनुसार सरकारलाई अहिले १४ खर्ब ९१ करोड ५६ लाख रुपैयाँ ऋण छ । यो रकम साउनको तुलनामा ८८ अर्ब २० करोड रुपैयाँले धेरै हो । गत साउनमा सरकारको सार्वजनिक ऋण १३ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ थियो ।
चालु आर्थिक वर्ष ( २०७७÷७८) को मंसिरसम्म सरकारको थाप्लोमा परेको सो ऋणमा वैदेशिक ऋण मात्र ८ खर्ब २० अर्ब ८२ करोड रुपैयाँ रहेको छ । यस्तै ६ खर्ब ७० अर्ब ७४ करोड रुपैयाँ आन्तरिक ऋण रहेको अर्थ मन्त्रालयले प्रकाशित गरेको मासिक तथ्यांकले देखाउँछ ।
सरकारले आन्तरिक ऋणको १२ अर्ब २३ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको छ भने बाह्य ऋण तर्फको साँवा र ब्याज गरेर ३२ अर्ब ५६ करोड रुपैयाँ भुक्तानी गरेको छ ।
सरकारलाई लाग्ने ऋण भनेको प्रत्येक नेपालीको थाप्लोमा पर्ने ऋण हो । नेपालको जनसंख्या ३ करोड २ लाख २३ हजार सात सय ९८ जनालाई आधार मान्दा एक नेपालीको भागमा ४६ हजार ३ सय ५१ रुपैयाँ ४० पैसा ऋण पर्छ ।
पछिल्लो समय नेपालले पाउँने अनुदानको रकम कटौती हुँदै गएको छ भने ऋणको अंश बढिरहेको छ । अहिले वैदेशिक ऋणको अंश ८२.१ प्रतिशत छ भने अनुदानको अंश १७.९ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ माघ २०७७, १६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्री पुनले गरे साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिसँग छलफल
इलामको योजना सूची लिएर सुहाङ अर्थ मन्त्रालयमा
माओवादी सम्बद्ध डेढ जर्दन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
अमेरिका भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री पुन
अर्थ मन्त्रालयद्वारा सरकारी खर्चमा तीव्रता
अर्थतन्त्र चलायमान बनाउनु सरकारको प्रमुख लक्ष्य : अर्थमन्त्री पुन