काठमाडौं । झापा बिर्तामोडका प्रकाश गुरुङ अर्धचेत अवस्था (कोमा)मा सात वर्षसम्म साउदी अरबमै बस्न बाध्य भए। प्रकाश दैलेख ओभरसिजमार्फत ०६८ मा समी अल मुसराफ रिक्रुमेन्ट कम्पनीमा काम गर्न गएका थिए। त्यहाँ दुई वर्ष काम गरेपछि तलब राम्रो नभएको र लोड–अनलोडको काम गर्न समस्या भएको भन्दै भागेर अर्को कम्पनीमा गए। त्यहीबेला बिरामी परेका उनी परिवारसँग सम्पर्कविहीन भएका थिए।
उनलाई ०७० कात्तिक ८ मा थदिक जनरल अस्पतालमा भर्ना गरियो। गम्भीर प्रकृतिको म्यानेन्जाइटिस रोगले थलिएका उनी अर्धचेत (कोमा)मा पुगेका हुन्। उनी त्यहाँ गैरकानुन तवरले बसे पनि अस्पतालले भर्ना गरी इमर्जेन्सी सेवा दिएको थियो। कम्पनीले खर्च व्यहोर्न अस्वीकार गरे पनि अस्पतालले उनको उपचार गरेको थियो।
परिवारले धेरै खोजी गरेपछि मात्रै आफन्त र साथीभाइले उनको अवस्था थाहा पाएका थिए। उनलाई गैरआवासीय नेपाली संघको सहयोगमा यसपटक दसैंका बेला स्वदेश ल्याइएको छ। उनलाई काठमाडौंबाट गाडीमा असहज भएपछि जहाजमै राखेर घर लगिएको थियो।
वर्षौंदेखि अलपत्र अवस्थामा रहेका प्रकाश दसैंकै दिन घर आइपुगेपछि परिवारमा खुसी छाएको भाउजू शान्ति गुरुङले बताइन्। ‘घरमै मसाज गरेर ठीक हुँदै छ’, शान्तिले अन्नपूर्ण पोस्ट्सँग भनिन्, ‘समय–समयमा सुविधासम्पन्न अस्पतालमा लैजाने गरेका छौं।’
डाक्टरको सल्लाहअनुसार घरमै उपचार हुँदा सुधार भइरहेको उनले सुनाइन्। ‘पहिले आँखा बन्द थियो’, उनले भनिन्, ‘अहिले खुलेको छ। लठ्ठी टेकेर हिँडडुल गर्नुहुन्छ।’ प्रकाश विस्तारै हिँड्न सक्ने भए पनि अझै बोल्न सक्ने भएका छैनन्। अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १३ माघ २०७७, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीहरूलाई सरकारले पुरस्कृत गर्ने
वैदेशिक रोजगारी : पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु
एक वर्षमा झण्डै १२ हजार जना वैदेशिक रोजगारीमा
कामदार मागपत्र प्रमाणीकरण अब अनलाइनमार्फत
वैदेशिक रोजगारीमा जाने चितवनबाट धेरै