नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो

सफल खबर संवाददाता

आइतबार, ११ माघ २०७७, १६ : ३६
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा  ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार १ पुगेको छ । यस्तै थप २ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ४ सय ३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार १ सय ३४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय १२ रहेको छ ।