हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखापरेको संबैधानिक अस्पष्टता र विवादको निराकरण सर्बोच्च अदालतले गर्ने बताएका छन् ।
अदालतलाई कुनै पनि पक्षले दवाव र प्रभाव दिन नहुने थापाको भनाई छ । गृहजिल्ला हेटौंडामा रहेका थापाले जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकमा बोल्दै थापाले १४ बर्ष देखीको गलत र त्रुटिपूर्ण राजनैतिक मार्गचित्रको अभ्यासले मुलुक गम्भीर दुर्घटना उन्मुख भएको बताए । अब सबै अट्ने राजनैतिक प्रणालीले मात्र मुलुकलाई जोगाउने भन्दै थापाले कसैलाई पनि निषेध गर्न नहुनेमा जोड दिए ।
आफ्नो स्वार्थ सिद्ध गर्नको निमित्त देश,जनता र प्रजातन्त्रलाई दाउमा राख्न नहुने भन्दै थापाले बिप्लब माओवादी देखि राजा सम्म अटाउने मौलिक प्रजातन्त्रले मात्र स्थायित्व दिने दाबी गरे । भ्रस्टाचार ,कुशासन ,धर्मपरिबर्तन, बेरोजगारी र सर्बसत्ताबाद अहिलेको प्रमुख चुनौती भएको चर्चा गर्दै थापाले राप्रपाको अबको बाटो संगठन सुदृढीकरण ,जनसंघर्ष र महाधिवेशन केन्द्रित हुनुपर्ने बताए ।
जनताको घरदैलोमा जान ढिलो गर्न नहुने भन्दै थापाले योजनाबद्ध र प्रभाबकारी ढंगले पार्टी एकताको भावना अनुरुप जिल्लामा संगठन केन्द्रित हुन आग्रह गरे । बैठकमा सचिवालय प्रमुखद्वय ध्रुबबहादुर प्रधान र भाष्कर भद्राले पार्टी निर्णय र कार्यान्वयन,संगठन सुदृढीकरण तथा भाबी कार्यक्रमका बारेमा आ-आफ्नो धारणा राखेका थिए । आजको बैठकमा तीस जिल्लाका अध्यक्षहरुको सहभागीता रहेको र बाकी जिल्ला अध्यक्षहरुको बैठक केही दिन भित्रै गरिने सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० माघ २०७७, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाले फागुन २५ गते काठमाडौँमा भण्डाफोर सभा गर्ने
राप्रपाले बोलायो कार्यसम्पादन समितिको बैठक
राप्रपा कार्यसम्पादन समिति बैठक बस्दै
उपनिर्वाचनमा अधिकांश स्थानमा सुधार भएको राप्रपाको निष्कर्ष
सरकारले एनसेललाई दुहुनो गाईको रुपमा प्रयोग गर्दैछ : राजेन्द्र लिङदेन
राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक शुरु