काठमाडौं । रक्सौल डिपो बन्द भएपछि नेपाल आयल निगमलाई मासिक एक करोड रुपियाँ बचत हुने भएको छ । रक्सौल डिपोबाट मासिक ४० हजार किलोलिटर डिजेल नेपाल आउने गरेकामा उक्त डिजेल पाइपलाइनबाट ल्याएपछि ढुवानी भाडाबापतको रकम बचत हुँदा निगम नाफामा गएको हो ।
जसअनुसार हालकै अवस्थामा पनि निगमलाई वार्षिक १२ करोड रुपियाँभन्दा बढी नाफा हुनेछ । मोतीहारी–अमलेखगञ्ज पाइपलाइन पूर्ण रूपमा सञ्चालन भएपछि रक्सौल डिपोको औचित्य समाप्त भएको नेपाल आयल निगमले जनाएको छ ।
तीन वर्षअघि नै नेपाल र भारतका मन्त्री तथा सचिवस्तरीय बैठकमा रक्सौल डिपो हटाउने सहमति भएको थियो । हवाई इन्धन पाइपलाइनबाट ल्याउन नथालिएकाले तत्कालका लागि हवाई इन्धन मात्र रक्सौल डिपोबाट ल्याइनेछ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०६ माघ २०७७, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल आयल निगम रूपन्देहीको प्रादेशिक इन्धन डिपोको डीपीआर अन्तिम चरणमा
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो
नेपाल आयल निगमले माग्यो विभिन्न पदका लागि कर्मचारी (सूचना सहित)
पेट्रोलियम पदार्थको मूल्य घट्यो