काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकिरकरणका बेला गरिएका सहमतीमा केपी ओली इमान्दार नभएका कारण पार्टीमा समस्या आएको बताएका छन् ।
काठमाडौँमा आयोजित आफु पक्षधर अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता गर्दाखेरी तय गरिएको विचार र विधि पद्धतिको कार्यान्वयनमा प्रधानमन्त्री ओलीले इमान्दारिता नदेखाएका कारण अहिलेको परिस्थिति सिर्जना भएको बताएका हुन् ।
उनले पार्टीभित्र व्यक्तिगत र पदको लागि संघर्ष नभएको भन्दै विचार, विधि तथा पद्धतीको संघर्ष भएको बताए । राजनीतिक प्रतिवेदन तथा पार्टीको विधान अनुरुप चले नचलको हेरेर को सहि र को गलत छुट्याउन उनले कार्यकर्ताहरुलाई अनुरोध गरे । प्रधानमन्त्री ओलीले पार्टी एकताको बेलामा गरेको सहमती, समझदारी तथा निर्णयहरुको अतिक्रमण गरेपछि पार्टीमा समस्या शुरु हुन थालेको उनको भनाई छ ।
अध्यक्ष प्रचण्डले पार्टीलाई बलियो बनाउने आफ्नो मनशाय भएको भएपनि प्रधानमन्त्री ओलीको शक्ति केन्द्रीत गर्ने मनशाय मात्रै भएको जिकिर गरे । ओलीले सबै सहमती किर्ते गरेका कारण प्रतिगामी सोच रहेछ भन्ने प्रमाणित भएको उनको भनाई छ । प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा पुगेकोले आफुहरुले आधिकारिकता पाउने विश्वास व्यक्त गर्दै उनले आफुहरु जनताको अदालतमा जाने उल्लेख गरे ।
अध्यक्ष प्रचण्डले आन्दोलनलाई निरन्तरता दिने बताएका छन् । माघ १६ गतेपछि आम हड्ताल नै गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै उनले कार्यकर्तालाई तयार रहन निर्देशन समेत दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ माघ २०७७, १७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युवा सङ्घ नेपालको महाधिवेशन वैशाखमा
सरकारले अलोकतान्त्रिक तरिकाले देश चलाउन खोज्यो : श्रेष्ठ
निर्वाचन आयोगमा दल दर्ता गर्ने ‘विप्लव’ नेतृत्वको नेकपाको निर्णय
नेपाल कम्युनिष्ट पार्टीद्वारा राजनीतिक कार्यदिशा सार्वजनिक (पूर्णपाठसहित)
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुक्रबार
एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा