एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अर्थात् २० जनवरीमा बिहानै ह्वाइट हाउस छाड्ने तयारी गरिरहेका छन् । २० जनवरीमै नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले संसद् भवनमा सपथ लिनेछन् र ह्वाइट हाउस जानेछन् ।
सत्ता हस्तान्तरणको योजनासँग सम्बन्धित एक व्यक्तिले नाम उल्लेख नगर्ने शर्तमा बुधबार बिहानै ट्रम्पले ह्वाइट हाउस छाड्ने तयारी गरिरहेको बताएका हुन् । ट्रम्पले आधिकारीक रुपमा ह्वाइट हाउस छाड्ने विषय अहिलेसम्म जानकारी दिएका छैनन् ।
उनले राष्ट्रपतिमा विजयी भएका जो बाइडेनलाई अहिलेसम्म बधाई पनि दिएका छैनन् र बाइडेनको सपथमा पनि उपस्थित नहुने जानकारी दिइसकेका छन् । यद्यपी, शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्ने घोषणा भने गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०३ माघ २०७७, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पद्वारा युएसएडका महानिरीक्षक बर्खास्त
डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई किन दिए चेतावनी ?
ट्रम्पले ल्याए कर्मचारी कटौती प्रस्ताव
ट्रम्पद्वारा ४ नयाँ आदेशमा हस्ताक्षर– सेनामा ट्रान्सजेन्डरलाई निषेध, समावेशिता हटाइने
ट्रम्प-मोदी फोन वार्ता, के भयो कुराकानी ?
क्यानडा अमेरिकाको ५१औँ राज्य बन्न सक्छ : डोनाल्ड ट्रम्प