दाहाल राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित

आइतबार, ०४ चैत्र २०७४, १६ : २७
दाहाल राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित

वामगठबन्धनसँग भए भन्दा बढी मत पाएर राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार शशीकला दाहाल निर्वाचित भएकी छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसकी बृन्दादेवी आलेलाई ३४ मतान्तरले पराजित गर्दै दाहाल राष्ट्रिय सभा उपाध्यक्षमा विजयी भएकी हुन्। राष्ट्रिय सभामा १३ सिट जितेको नेपाली कांग्रेसले ११ मत पाउँदा वामगठबन्धनकी दाहालले ४५ मत पाएर निर्वाचित भइन्।

राष्ट्रिय सभामा एमालेले २९ र माओवादी केन्द्रले ११ गरी ४० स्थानमा विजय हासिल गरेका थिए भने ३ जना मनोनित सदस्य पनि उनीहरुकै थिए। नेपाली कांग्रेसले भने १३ सिटमा विजय हासिल गरेको थियो, तर निर्वाचनमा कांग्रेस उम्मेदवार आलेले ११ मतमात्र पाइन्।

तर, गठबन्धनकी दाहालले मधेश केन्द्रित राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमको समेत मत पाएर कांग्रेससँगको मतान्तर बढाइन्। ५९ सदस्यीय राष्ट्रिय सभाको आजको मतदानमा ५६ राष्ट्रिय सभा सदस्यहरु उपस्थित थिए।

 

प्रतिक्रिया दिनुहोस