लिवाङबाट चरेशसहित एक महिला पक्राउ

आइतबार, ०४ चैत्र २०७४, १४ : १०
लिवाङबाट चरेशसहित एक महिला पक्राउ

रोल्पा । सदरमुकाम लिवाङबाट चरेशसहित एक महिला पक्राउ परेकी छन् । रोल्पा बसपार्क नजिक चिउराबोट भन्ने स्थान घुम्तीमा पसल गर्दै आएकी रोल्पा नगरपालिका–९ ह्वामाकी ४१ वर्षीया शर्मा विक दुई किलो ७०० ग्राम चरेशसहित पक्राउ परेकी हुन् । सुराकीले दिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थी नेतृत्वको टोलीले चरेशसहित ती महिलालाई पक्राउ गरेको बताइएको छ । “डेरामै लुकाएर राखिएका अवस्थामा सो चरेश पक्राउ गरेका हांैँ”, प्रहरी प्रवक्ता पन्थीले भन्नुभयो ।

अभियुक्त विकलाई हाल अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । अनुसन्धानपछि उनलाई लागुऔषध कारोवार ऐनअन्तर्गत कारवाही गरिने प्रहरीले बताएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस