हटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संसद विघटनको संबैधानिकताको परीक्षण अदालतले गर्ने बताएका छन् । उनले अदालतलाई दवाव वा प्रभाव पार्ने काम सरकार र सडक कतैबाट हुनु नहुने बताएका छन् ।
बुधबार सामाजिक संजाल फेसबुक मार्फत स्टाटस लेख्दै अध्यक्ष थापाले संसद विघटनको संबैधानिकताको परीक्षण अदालतले गर्ने बताएका हुन् । उनले गत निर्वाचनमा जनताले स्थिर सरकारको लागि नेकपालाई स्पष्ट बहुमत दिएको बताए । उनले भनेका छनः गत निर्वाचनमा जनताले स्थिर सरकारको निमित्त नेकपालाई स्पष्ट बहुमत दिएका हुन्।जनताको यो म्याण्डेटलाई नेकपाले धोखा दियो ।
यो अवस्थामा ताजा जनादेशमा जानु लोकतान्त्रिक र संबैधानिक मान्यता हो। जनताले कुनै पार्टीलाई स्पष्ट बहुमत नदिएको अवस्थामा गठवन्धन सरकार स्वभाविक हो।तर,एक पार्टीले स्पष्ट बहुमत पाएको अवस्थामा पार्टी फुटाएर,सांसद किनबेच गरेर,अपवित्र गठवन्धन बनाएर सरकार बनाउने कार्य संबिधानको आशय होईन। लोकतान्त्रिक मान्यता पनि होइन । आआफ्नो स्वार्थ अनुकुल संबिधानको व्याख्या गर्नु खतरनाक हुन्छ।
अध्यक्ष थापाले कानुनी रूपमा नेकपा अझै नफुटेको बताएका छन् । उनले ताजा जनादेश प्राप्त नगरी नेपाली कंग्रेसले सरकार बनाउने लोभ गर्नु अनैतिक र अप्रजातान्त्रिक हुने समेत बताएका छन् । उनले भनेका छन्,’केपी ओलीको असफलता र ज्यादतीबाट मुक्तिको निमित्त पनि ताजा जनादेशमा जानुपर्छ।संबिधान र प्रजातन्त्रको रक्षा जनताको म्याण्डेटले गर्छ।कानुनी तिकडम र अपवित्र गठवन्धनले होईन।
आफ्ना मूलभूत मान्यताहरू नसमेटिएको कारण राप्रपाले यो संबिधानको विपक्षमा मतदान गरेको हो।दुईतिहाइ बहुमतबाट पारित भएपछी प्रजातान्त्रिक मान्यता अनुरूप संविधानलाई आलोचनात्मक समर्थन गरेका हौं।अहिले संविधानका संवाहकहरू नै संविधान हत्याको बाटोमा लागेका छन्। यस अवस्थामा हामी राम१राम१ भन्दा बढी केही भन्न सक्दैनौं।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ पुस २०७७, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय समिति बैठक भोलि बस्दै
यथार्थतालाई बङ्ग्याएर गणतन्त्रको दुहाई दिनु वीपीको अपमान हो : कमल थापा
एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन
राजादेखि माओवादीसम्म सबै अटाउने व्यवस्था उपयुक्त : कमल थापा
पहिरोमा मृत्यु भएका ६ खेलाडीको घटनालाई लिएर छानबिन आयोग गठन गर्नुपर्छ : कमल थापा
'अदालतमा मुद्दा चलिरहेको व्यक्तिसँग दान लिनु भ्रष्टाचार हो' : कमल थापा