काठमाडौं । अस्ट्रेलियामा जारी बिग बास लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेले विकेट लिए पनि उहाँ आवद्ध टोली होबार्ट हुरिकेन्स पराजित भएको छ । लामिछानेको टोली होबार्ट आज भएको खेलमा मेलवर्न स्टार्ससँग १० रनले हार बेहोर्न पुग्यो ।
टस जितेर होबार्टले फिल्डिङ रोजेपछि मेलवर्नले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८३ रन बनायो । जितका लागि १८४ रनको लक्ष्य पछ्याएको होबार्टले ६ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो ।
होबार्टका लागि बेन म्याक डरमोटले ९१ रन बनाउनुभयो । यस्तै डेभिड मलानले २६ तथा पिटर ह्यान्डकोम्बसले २१ रनको योगदान दिनुभयो । बलिङतर्फ मेलवर्नका लागि साम रेनबर्डले दुई विकेट लिनुभयो । यसअघि ब्याटिङ गर्ने क्रममा मेलवर्नका लागि मार्कस स्टोइनिसले अविजित ९७, हिल्टन काटराईटले ३६ तथा निकोलस पुरनले २६ रन बनाउनुभयो । बलिङतर्फ होबार्टका लागि लामिछानेले एक विकेट लिनुभयो । उहाँले चार ओभर बलिङ गर्दै ३६ रन खर्चिनुभयो ।
लामिछानेले आफ्नो पहिलो ओभरमा तीन रन खर्चिनुभयो । दोस्रो ओभरमा दुई रन खर्चिदै लामिछाने एक विकेट लिन सफल हुनुभयो । उहाँले मेलवर्नका कप्तान ग्लेन म्याक्सवेलको विकेट लिनुभएको हो । लामिछानेले तेस्रो ओभरमा १२ तथा चौथो ओभरमा १९ रन विपक्षी खेलाडीलाई दिनुभएको थियो । यस्तै होबार्टका लागि नाथन इलियसले तीन तथा रेली मेडरिटले दुई विकेट लिनुभयो । यसअघि शुक्रबार यस यामको बिग बास लिगमा आफ्नो पहिलो खेल खेल्दै लामिछानेले दुई विकेट लिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २० पुस २०७७, १८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाले सन्दीपलाई दियो भिसा
महान्यायाधिवक्ता कार्यालयले सन्दीप लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने
सन्दीप लामिछानेलाई अमेरिकाले दियो भिसा
सन्दीप लामिछानेविरुद्धको मुद्दामा सरकारी वकिल कार्यालयले दियो पुनरावेदन गर्नुपर्ने राय
ब्रान्ड एम्बेसडर बने सन्दीप लामिछाने
जन्मदिनमा सन्दीपको सन्देश- तपाईंहरूको माया र समर्थन मेरो सबै थोक हो