सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णालीका ओलीपक्षीय दुई मन्त्रीसहित तीन सांसद प्रचण्ड–नेपाल पक्षमा फर्किएका छन् । ओली पक्षका तीनजना प्रचण्ड–नेपाल पक्षमा लागेसँगै प्रदेश सरकार सुरक्षित भएको छ ।
प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र प्रदेश विधायन समितिका पूर्वअध्यक्ष पदमबहादुर रोकाय प्रचण्ड–नेपाल पक्षमा फर्किएको अर्थमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।
अब कर्णाली प्रदेशसभामा नेकपाको ३३ सदस्यीय संसदीय दलमा ओली पक्षमा सभामुख राजबहादुर शाहीसहित ११ जना तथा प्रचण्ड–नेपाल पक्षमा २२ जना पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ पुस २०७७, १६ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीका नौ जिल्लामा सुपथ मूल्य पसल
माथिल्लो कर्णालीमा स्रोत जुटाउन भारतमा त्रिपक्षीय सम्झौता
कर्णाली योजना आयोगले पायो पूर्णता
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
कर्णालीका मुख्यमन्त्रीको दुईवटा घर, ३३ लाख बचत, ४५ लाख ऋण
कर्णालीमा कृषि उत्पादन घट्यो, दूध उत्पादनमा वृद्धि