मिसनमा लोकसेवाको निःशुल्क सेमिनार

शनिबार, ०३ चैत्र २०७४, १५ : ५४
मिसनमा लोकसेवाको निःशुल्क सेमिनार

चितवन । प्राविधिक र प्रशासनिक तर्फको लोकसेवा आयोगले लिने प्रतियोगितात्मक लिखित परीक्षाको लागि तयारी कक्षाको निःशुल्क सेमिनार मिसन इन्ष्टिच्युट भरतपुरले शनिवार सम्पन्न रेको छ ।

आयोगले लिने परीक्षामा कसरी उतीर्ण गर्न सकिन्छ भन्नको लागि समेटिने विषयवस्तु तथा पढ्ने तरिकाको वारेमा सेमिनारमा छलफल गरिएको थियो । सरकारी सेवामा प्रवेश गर्न चाहने विद्यार्थीको लागि केन्द्रीत गरेर निःशुल्क सेमिनार गरेको मिसन इन्ष्टिच्युटका सञ्चालक निरज भट्टले बताए । सात वर्ष पुरानो शैक्षिक सस्थाले यस वर्षदेखि लोकसेवा तर्फको प्राविधिक तथा प्रशासनिक सवै क्षेत्रको तयारी कक्षा सञ्चालन गरेको उनले बताए । यस अघि सस्थामा सञ्चालन भइराखेको साइन्स व्रिज कोर्ष र स्टाफ नर्स, फार्मेसी, एचए, ल्यावको प्रवेश परीक्षाको तयारी कक्षा अहिलेपनि चलिराखेको जानकारी दिए ।   

भरतपुर क्यान्सर अस्पतालमा लोकसेवा आयोगले खुल्ला प्रतियोगिताबाट विभिन्न सेवाका लागि कर्मचारी माग गरेको छ । सोही विषयलाई केन्द्रीत गरेर तयारी कक्षाहरु सञ्चालन गरेको सञ्चालक भट्टले जानकारी दिए । सेमिनारमा निजामती सेवा तर्फ विनोद अर्याल, प्राविधिक तर्फ रमन मेहताले परीक्षामा उतीर्ण हुनको लागि के कस्ता तयारी गर्नु पर्छ भन्ने विषयमा आफ्नो प्रस्तुती गरेका थिए ।  इन्ष्टिच्युटमा अहिले लोकसेवा तर्फ स्टाफ नर्स, फार्मेसी, ल्यावको तयारी कक्षाहरु सञ्चालन गरिराखेको छ ।   

 

प्रतिक्रिया दिनुहोस