काठमाडौं । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर चीन र भारतपछि अमेरिकाले मुख खोलेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले यसलाई नेपालको आन्तरिक मामला भनेको छ ।
‘यो नेपालको सार्वभौम संस्था र राजनीतिक दलले आफ्नो लोकतान्त्रिक संवैधानिक प्रक्रिया र कानुनको शासनअनुरुप समाधान गर्ने आन्त्रिक मामिला हो’ दूतावासकी प्रवक्ता आना रिची–एलेनले भनिन् ।
प्रधानमन्त्री केपी ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेका थिए । यही विषयमा यसअघि भारत र चीनले पनि यो नेपालको आन्तरिक मामिला भनेका थिए । कान्तिपुर दैनिकमा खबर छ
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १७ पुस २०७७, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनस्थित अमेरिकी दूतावास बन्द, रुसले ठुलो आक्रमण गर्ने आशंका