यसरी सम्झिए डा बालकृष्ण थापालाई उनका सहकर्मीहरुले

शनिबार, ०३ चैत्र २०७४, १४ : ४३
यसरी सम्झिए डा बालकृष्ण थापालाई उनका सहकर्मीहरुले

भरतपुर : युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका बरिष्ठ न्युरो सर्जन डा बालकृष्ण थापालाई उनका सहपाटीहरुले शनिबार भरतपुर अस्पताल परिसरमा श्रद्धाञ्जली ब्यक्त गरेका छन् । फागुन २८ गते त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल दुर्घटनामा ज्यान गुमाएका डा थापाले चितवनको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको सबैले प्रसंशा गरे । क्यान्सर अस्पताललाई प्रतिष्ठान बनाउने उनको चाहना रहेको समाजसेवी प्रेम रिमालले बताए । डा थापा न्युरो सर्जनमा देशका मुठ्ठीभरका एक चिकित्सक भएकाले उनको अभाव महशुस हुन नदिन उनको बाटो पछ्याउनुको विकल्प नरहेको रिमालको भनाई छ ।

नेपालमा मृत्युपछि मात्रै प्रंशसा गर्ने परिपाटी छ ,उनले भने अब हामीले जिवित हुदै महत्वपुर्ण व्यक्तको बारेमा चर्चा गर्नु पर्ने बताए । क्यान्सर अस्पातालका नाक ,कान घाटी रोग विषेशज्ञ अनिल विक्रम कार्कीले १५ बर्ष अगाडी राजधानी बाहिर पनि न्युरो सर्जरीको विकास गर्नुपर्छ भन्ने अवधारणा डा थापाले अघि सार्नु भएका स्मरण गरे । अब न्युरो सर्जरीलाई गाउँ गाउँमा पुर्याउन सके उनी प्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।

क्यान्सर अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आर्चायले हिजो शुक्रबार मात्र उहाँको मृत्यु भएको पुष्टी भएपछि काठमाण्डौमा पत्रकार सम्मेलन गरेर जानकारी गराईएको बताए । डा थापाले देखेका सपनाहरु हामीले साकार पार्न सम्पुर्ण चिकित्कसहरुले उनको बाटोमा हिडन आवश्यक रहेको बताए ।

त्यस्तै कार्यक्रममा भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारीले डा थापाले कुनै पनि विषयमा गहन विषलेश्ण गरी कार्यको थालनी गर्ने संस्कार उनमा रहेको सम्भिए । उनले डा थापाले भरतपुरलाई कसरी मेडिकल सिटि बनाउन सकिन्छ भन्ने तथ्यहरु बारे छलफलमा लौजाने गरेको बताए । कार्यक्रममा डा थापासगँ सगै काम गर्ने चिकिसत्कसहरुको उपस्थििति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस