नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपालबीचमा फाटो ल्याउनका लागि केपी ओली गुटले षड्यन्त्र गरेको पाइएको छ । नेपाल भ्रमणमा आएको चिनियाँ टोलीसँग भएको भेटमा प्रचण्डले कल्पना समेत नगरेको विषयलाई उल्लेख गरेर ओली गुटले अनावश्यक हल्ला फैलाएको हो ।
ओली निकटको एक अनलाइनले चिनियॉ टोलीसँगको भेटमा प्रचण्डले ‘माधव नेपाललाई अध्यक्ष पद केवल भनिएको मात्र हो’ भन्ने खालको समाचार सम्प्रेषण गरेको थियो ।
सो समाचारलाई खण्डन गर्दै प्रचण्डको सचिवालयले भनेको छ, ‘हाम्रो पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालका बीचमा फाटो पार्ने कुत्सित मनसायबाट प्रेरित छ र नियोजित हिसावले राजनीतिक दुराग्रहपूर्ण निराधार मिथ्या प्रचार बाहेक यो केही नभएको जानकारी गराउँदछौं ।’
पार्टी एकीकरण पश्चात एकीकृत पार्टीमा भएको दुई अध्यक्षात्मक व्यवस्थाप्रति दुबै अध्यक्षहरु दृढ रहेको र दुबै जना बराबर अध्यक्षको हैसियतमा रहेको सचिवालयले स्पष्ट पारेको छ ।
यस्ता दुश्प्रचारको खण्डन गर्दै यसको भ्रममा नपर्न पार्टीका सम्बन्धित सबैमा सचिवालयले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ पुस २०७७, २१ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ समीकरणको परिपक्व आधार बन्दैछ, देउवाजी फर्किएपछि थप कुरा हुन्छ : प्रचण्ड
गोरखा पुगे प्रचण्ड (तस्बिरहरू)
प्रचण्ड र नारायणकाजी गोरखाको बारपाक जाने
सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गयो : प्रचण्ड
मुलुकलाई प्रतिगमनतिर फर्काउने दिवा सपना नदेख्नु : प्रचण्ड
वर्तमान संकट कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्छन् : प्रचण्ड