ट्रकको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १२ पुस २०७७, ०९ : ३६
ट्रकको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु

गुल्मी । गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदल यात्रीको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय  गुल्मीका अनुसार रेसुङ्गा नगरपालिका– १३ भगारिका २६ वर्षका टोपबहादुर रजाली र २३ वर्षका बालकृष्ण भुजेलको ट्रकको ठक्करबाट आइतबार बिहान ज्यान गएको हो । 

बुटवलबाट समान लिएर तम्घास जाँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ भगारी स्थित मसिने खोलामा ठक्कर दिँदा उनीहरुको घटनास्थलमा नै मृत्य भएको हो ।

प्रतिक्रिया दिनुहोस