पोखरा । वल्र्डलिङ्क कम्युनिकेशन लिमिटेडले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमबाट ‘६३ युनिट’ संकलन भएको छ ।
पोखरा महानगरपालिका १० अमरसिंहचोकमा क्षेत्रिय रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा आज (शनिबार) सम्पन्न रक्तदान कार्यक्रमबाट ६३ युनिट रक्त संकलन भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोखरा महानगरपालिका वडा नं.१० का अध्यक्ष राजकुमार गुरुङले पहिलो रक्तदाता बिनोद केसीलाई ब्लडब्याग हस्तान्तर गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
सो अवसरमा बोल्दै अध्यक्ष गुरुङले लकडाउनको समयमा पनि ईन्टरनेटको सेवासँगै सामाजिक भाव राख्दै रक्तदानको आयोजना गरेको भन्दै प्रशंसा गरे । उनले कोभिड–१९ कोरोना भाईरसको महामारीको समयमा रगतको अभाव भएको अवस्थामा वल्र्डलिङ्कको रक्तदान कार्यकमबाट संकलित युुनिटले थप टेवा पुग्ने धारणा राखे । गुरुङले नीजि संस्था वल्र्डलिङ्कले गरेको उदाहरणीय कार्यको अन्य संघ–संस्थाले समेत अनुकरण गर्नुपर्ने बताएका थिए ।
त्यस्तै गण्डकी प्रदेशका क्षेत्रीय प्रबन्धक युशफ श्रेष्ठले आधुनिक प्रविधि तथा ईन्टरनेटको सेवा सुविधासँगै सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले गत वर्ष देखी रक्तदान कार्यक्रम आयोजना गर्दै आएको बताए ।
‘हामीले गत वर्ष देखी सेवा सँगै सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्य सहित रक्तदानको आयोजना गर्दै आएका छौ, उनले भने, यस वर्ष झन यस्तो कोरोनाको महामारी छ । रगतको अभाव भएको भन्ने छ त्यसैले हाम्रो कार्यक्रमबाट संकलित युनिटले केही सघाउ पुग्नेमा विश्वस्त छौ ।’
अमरसिंह शाखाका प्रमुख विक्रम पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन बुद्ध बिकले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ पुस २०७७, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रक्तदान गर्दै सशस्त्र प्रहरी
राप्रपा अध्यक्ष लिङ्देनद्वारा ८९ औँ पटक रक्तदान
रत्ननगरमा भएको एमालेको रक्तदानमा ८५ युनिट रगत संकलन