काठमाडौं । संसद विघटनविरूद्ध परेका १३ रिटको सुनुवाइका लागि सर्वोच्च अदालतले आज पूर्ण इजलासमा पेशी तोकेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो नेतृत्वमा पाँच सदस्यीय न्यायाधीशहरूको पूर्ण इजलास तोकेका हुन्।
पूर्ण इजलासमा राणासहित न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत संसद विघटन गरेको भन्दै सर्वोच्च अदालतमा रिट परेका थिए। ती रिटको प्रारम्भिक सुनुवाइ बुधबार भएको थियो।
प्रधानन्यायाधीश राणाले ती रिटको सुनुवाइ गर्दै सबै रिटलाई संवैधानिक इजलासमा पठाइदिएका थिए। संवैधानिक इजलाशका तीनजना न्यायाधीशको बहुमतले मुद्दा फैसला गर्ने कानुनी प्रावधान छ । सो फैसला उपर पुनरावलोकन हुँदैन । संवैधानिक इजलाशले संसद विघटनबारे अन्तरिम आदेश दिनसक्ने कानुनविद्हरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० पुस २०७७, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उच्च र जिल्ला अदालतका २१ न्यायाधीशको सरुवा
उच्च अदालतका दुई र जिल्ला अदालतका ११ न्यायाधीशको सरुवा ( सूची)
नृपध्वज र नित्यानन्द सर्वोच्चको न्यायाधीश नियुक्त
प्रस्तावित राजदूत र न्यायाधीशको संसदीय सुनुवाइ १४ गते हुने
प्रस्तावित दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान
सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान