प्रचण्ड–नेपाल पक्षको बैठक सर्‍यो, दिउँसो १ बजे बस्ने

सफल खबर संवाददाता

विहीबार, ०९ पुस २०७७, १२ : ०४
प्रचण्ड–नेपाल पक्षको बैठक सर्‍यो, दिउँसो १ बजे बस्ने

file photo

काठमाडौँ । बिहीबार ११ बजे बबरमहलमा हुने भनिएको प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय समिति बैठक सरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय समिति बैठक दिउँसो १ बजे हुने भएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको ३८ पृष्ठ लामो आरोप पत्रको जवाफ दिने बताइएको छ।

यस्तै बैठकमा प्रचण्डले तयार पारेको ४० पृष्ठ लामो जवाफी पत्र र उक्त पत्रको छलफलका लागि बैठकमा पेश गर्ने तयारी रहेको थियो।

यस्तै नेकपाको ओली पक्षीय केन्द्रीय बैठक दिउँसो १ बजे बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा हुँदै छ।