काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राजदूत होउ यान्छीबीच मंगलबार साँझ भेटवार्ता भएको छ ।
साँझ ६ बजेतिर यान्छी राष्ट्रपति भेट्न शीतल निवास पुगेको स्रोतले जनाएको छ । भेटका क्रममा के छलफल भयो भन्नेबारे खुलिनसकेपनि भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सत्तारुढ नेकपामा विवाद बढ्दा यसअघि राजदूतको निकै सक्रियता हुने गरेको थिए । पछिल्लो समय भने उनी मौनजस्तै देखिएकी थिइन् ।
नेकपाभित्रको विवाद उग्र बन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै अर्को समूहले पार्टीबाट हटाउने निर्णय गरेको थियो । नेकपाभित्रको विवादमा यान्छीले चासो देखाउने गरेको टिप्पणी हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ पुस २०७७, १९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्धको सन्देशलाई विश्वभर फैलाउनु पर्छः पूर्व राष्ट्रपति भण्डारी
होलीले आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझ प्रगाढ बनाउँछ: पूर्वराष्ट्रपति भण्डारी
महिला अधिकार तथा सशक्तीकरणमा राज्य सकारात्मक हुनु खुसीको कुरा हो : पूर्वराष्ट्रपति भण्डारी
विद्या भण्डारीलाई एमालेको नेतृत्वमा ल्याउने कुनै तयारी छैन : उपमहासचिव ज्ञवाली
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान
पूर्वराष्ट्रपति भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्दै एमाले