बुद्धको सन्देशलाई विश्वभर फैलाउनु पर्छः पूर्व राष्ट्रपति भण्डारी

सफल खबर संवाददाता

शुक्रबार, १५ चैत्र २०८१, १५ : १२
बुद्धको सन्देशलाई विश्वभर फैलाउनु पर्छः पूर्व राष्ट्रपति भण्डारी

बुटवल । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका सन्देशलाई विश्वभर प्रचार/प्रसार गरी शान्ति दूतको भूमिका निर्वाह गर्न सकिने बताएकी छन् ।लुम्बिनीमा आज थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्दै पूर्व राष्ट्रपति भण्डारीले बुद्धका शान्ति, करुणा, र शिक्षाको महत्त्व आजको समयमा झनै बढेको बताइन् ।

गौतम बुद्धले अहिंसा, करुणा, र शान्तिको मार्ग देखाएको उल्लेख गर्दै बुद्धको शिक्षाले संसारभर करोडौँ मानिसलाई प्रेरित  गरेको बताइन् ।  उनले  कतिपय विकसित र शक्तिशाली देशहरूबिचको होडबाजीका कारण सर्वसाधारण नागरिक गोलाबारीको सिकार बन्नुपरेको, हिंसाको डर र त्रासमा बाँच्नुपर्ने अवस्था रहेको बताउँदै त्यसैले बुद्धका शान्ति, करुणा, र शिक्षाको सान्दर्भिकता झन् बढेको बताइन् ।

सो अवसरमा   लुम्बिनी  प्रदेशका  मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको समग्र विकासका लागि तीन तहका सरकारबीच सहकार्य अपरिहार्य रहेको बताए । उनले लुम्बिनी क्षेत्रको विकास गुरुयोजनाको आधारमा अघि बढाउनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस