थप ७४२ जनामा कोरोना संक्रमण पुष्टि, ७ को मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०६ पुस २०७७, १६ : २७
थप ७४२ जनामा कोरोना संक्रमण पुष्टि, ७ को मृत्यु

काठमार्डौ । बितेको २४ घण्टामा देशभर थप ७४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १०७९ जना निको भएका छन् भने ७ जनाको मृत्यु भएको छ । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ । यस्तै संक्रमितमध्ये २ लाख ४४ हजार ७४३ पुगेको छ भने मृतकको संख्या १७९५ पुगेको छ । 

यसैगरी देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ९७६ जना रहेको छ ।