निर्वाचन आयोगलाई दिइयो प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने जानकारी

सफल खबर संवाददाता

सोमबार, ०६ पुस २०७७, १५ : १९
निर्वाचन आयोगलाई दिइयो प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने जानकारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीले कार्यवाही गर्ने निर्णय गरेको जानकारी गराएका छन् ।

स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको अध्यक्ष प्रचण्डले जानकारी गराएको निर्वाचन आयोग स्रोतले जनाएको छ । स्थायी कमिटी सदस्य लिलामणी पोखरेल सो पत्र लिएर निर्वाचन आयोग पुगेका थिए ।

हिजो बसेको स्थायी कमिटीले अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ र भोली बस्ने केन्द्रीय कमिटीको बैठकले त्यसलाई अनुमोदन गर्नेछ ।
प्रधानमन्त्री अ‍ोलीले संसद विघटन गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । र सोही आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन भएको घोषणा गरेकी थिइन् ।

प्रधानमन्त्री ओलीले पार्टीको हित विपरित सो कार्य गरेको भन्दै अनुशासनको कार्यवाही गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस