आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

सोमबार, ०६ पुस २०७७, ०८ : ४७
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका पश्चिमी क्षेत्रको मौसम बदली भइ अरु क्षेत्रमा मौसम सफा रहने  जनाएको छ । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा छ ।

पश्चिमी वायुको प्रभावका कारण केही क्षेत्रको मौसम बदली हुने भएको हो । सोमबार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस