कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

सोमबार, १५ पुस २०८१, ०८ : ०५
कस्तो रहला आजको मौसम ?

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार  कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम  मुख्यतया सफा रहने छ। 

बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै तराईका केही स्थानहरूमा कुहिरोको समेत सम्भावना रहेको छ।

मंगलबार भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम  मुख्यतया सफा रहने छ।

कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस