नेपालमा पछिल्लो २४ घण्टामा थप ५८८ मा कोरोना संक्रमण पुष्टि, थप ११ को मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, १६ : २९
नेपालमा पछिल्लो २४ घण्टामा थप ५८८ मा कोरोना संक्रमण पुष्टि, थप ११ को मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १०९७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४३ हजार ६ सय ६४ पुगेको छ।

हाल देशभर ८ हजार ३ सय २० जना सक्रिय संक्रमित छन् भने ४ सय २१ जना क्वारेन्टिनमा छन्। यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।