काठमाडौं । ललितपुर ग्वार्कोमा रहेको उज्ज्वल पेट्रोल पम्पमा गत बिहीबार आगलागी भयो। पम्पनजिकै पार्किङ गरिराखेको ट्यांकरको ब्याट्री सर्ट भएपछि पेट्रोल पम्पको बाहिरी भाग दनदनी बल्न थाल्यो। साइटमा भएका दुईवटा स्कुटर जले। प्रहरी र दमकल छिटो पुगेका कारण क्षति कम भयो।
घर, बिजुलीका तार र वर्कसप पम्पमा जोडिएका कारणले ठूलो क्षति हुने अनुमान गरे पनि समयमै दमकल पुग्दा ठूलो क्षति हुन पाएन। ग्वार्कोको उज्ज्वल पेट्रोल पम्प मात्रै होइन, उपत्यकाका १८ वटा पेट्रोल पम्प अति जोखिमपूर्ण ठाउँमा छन्।
मानव बस्ती र पम्पबीचको दूरी नजिक हुँदा जोखिम बढेको प्रहरीको भनाइ छ। महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी मित्रबन्धु शर्माले घना बस्तीका बीचमा रहेका पेट्रोलियम पदार्थजन्य पम्प र सवारीले जोखिम बढाएको बताए। उनले सानो कमजोरीबाट ठूलो क्षति हुने हुँदा पूर्वसावधानी अपनाउनु नै बेस हुने जानकारी दिए।
जोखिममा रहेका १८ वटा पम्प सार्न नेपाल आयल निगमले पम्प सञ्चालकलाई दुईपटक परिपत्र गरिसकेको छ तर अझै सारिएको छैन। एक वर्षअघि महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि उपत्यकाका १८ स्थानका पेट्रोलपम्प हटाउन निगमलाई पत्राचार गरेको थियो।
निगमले दुईपटकसम्म पत्राचार गर्दा पनि करोडौं लगानी डुब्ने भन्दै व्यवसायीले त्यसलाई बेवास्ता गर्दै आइरहेका छन्। नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले अति जोखिमयुक्त पम्प हटाउन लिखित र मौलिक निर्देशन दिइसकिएको दाबी गरे। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ पुस २०७७, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौंका पेट्रोल पम्प बन्द
अब साझाको पेट्रोल पम्प चौबिसै घण्टा खुला हुने
नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्प २४ सै घण्टा खुला