प्रधानमन्त्री ओलीको ज्यादती रोक्न किन चुक्दैंछ ‘नेकपा’

केन्द्रीय समितिको बैठकबाट कारवाही गर्ने मार्ग प्रशस्त

सफल खबर संवाददाता

शनिबार, ०४ पुस २०७७, ११ : ०८
प्रधानमन्त्री ओलीको ज्यादती रोक्न किन चुक्दैंछ ‘नेकपा’

काठमाडौँ । नेपाली राजनीतिमा खड्ग ओलीको कार्यशैली अहिले चितवनमा केही वर्ष अगाडी धुव्रे हात्तीले मच्चाएको आतंक जस्तै रहेको टिप्पणी हुन थालेको छ । नेपाली जनताले ७० वर्षपछि नेपाल कम्युनिस्ट पार्टीलाई झण्डै झण्डै दुई तिहाइको जनमत दिए । राजनीतिक अस्थिरतालाई बिदाइ गरेर देशलाई आर्थिक समृद्धिको मार्गमा हिँडाउने लक्ष्यका साथ नेपाली जनताले आफ्नो सपना पनि साकार हुने आसमा नेकपालाई जनमत दिएका थिए । तर धुव्रे हात्तीको शैलीमा नेपाली जनताको सपना र चाहना अनुसार अगाडि बढ्नु त परै जाओस्, अनेकन तिकड्मबाजी गरेर ओलीले आफूलाई पतनको दिशामा अगाडि बढाएका छन् ।

सरकार गठन भएदेखि ३ वर्ष पूरा हुन लागेको अवस्थामा समेत ओली नेतृत्वको सरकारले यो काम चाँही राम्रो ग¥यो, जनताको पक्षमा निर्णय ग¥यो भनेर उदाहरण दिने काम पनि फेला पार्न मुस्किलनै परेको छ । नेपाली जनताको चाहना सपनामाथि चिसो पानी खन्याउन ओली उद्यत भए । न त पार्टीको सहमति, न त पार्टी कमिटिमा छलफल, न त नेपाली जनतााको पक्षमा काम । आफूलाई सम्राट भएको शैलीमा जे मन लाग्छ, त्यही गर्दै उनले नेकपालाई पनि आफनो रबर स्ट्याप्म बनाउन खोजेका थिए ।

उनले आफू मात्रै नभई आलांकारिक मानिएका राष्ट्रपतिलाई समेत विवादमा तान्ने काम गरेका छन् । सबै संस्थालाई विवादमा तानेर गणतन्त्र नै सिध्याउने खेलमा ओली लागेको बजार हल्ला समेत चल्न थालेको छ । शीतल निवास ओलीको छाँया जस्तो मात्रै भएको छ । ओलीका तिकडमलाई रोक्नुपर्नेमा कहिले अध्यादेश नामको चिर्कटो आँउला र जारी गरुला भन्ने शैलीमा राष्ट्रपति बसेको जस्तो देखिन्छ । 

पछिल्लो पटक बुधबार ओलीको ज्यादतीलाई रोक्ने काम नेकपाका ८३ जना सांसदले गरेको हस्ताक्षर सहितको संसद आह्वानको समावेदन शीतल निवास पुगेपछि गरेको थियो । जहाँ जे पनि गर्न सक्छु भन्दै उनले मनलाग्दी गरेपछि ओली विरुद्ध सबैभन्दा राम्रो हतियार नै सोही निवेदन बन्न पुग्यो । बैठकमा आउँदिन, छलफल गर्दिन, तिमीहरु जेसुकै गर, म मान्दै मान्दिन भन्ने शैलीमा जे जसरी ओली प्रस्तुत भएका छन्, त्यसले अरुलाई होइन, स्वयम उनलाई नै हानी गरेको छ । त्यसले उनको गिरोहलाई नै हानी गरेको छ । किनकी, ओलीले जुन खालको व्यववहार र प्रवृत्ति देखाएका छन्, त्यसले सबैभन्दा हानी नोक्सानी गर्ने भनेको सोही गिरोहलाई नै हो । ओली प्रवृत्तिमा रहेकाहरु अब गुटमा होइन, गिरोहमा परिणत भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।    

ओलीले लगेको अवैधानिक अध्यादेशलाई ल्याप्चे लगाएर शितल निवासले पठाएपछि संवैधानिक परिषदको बैठक बोलाइएको थियो । सामान्य नियम अनुसारनै ४८ घण्टाको अवधि राखिनुपर्ने भएपनि एकाध घण्टामा नै मंगलबार बोलाइएको बैठक वैध हुने सम्भावना नै कम थियो । बैठकमा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबीच रिक्त संवैधानिक निकायमा गर्ने नियुक्तिबारे लामो छलफल भएको थियो, त्यसदिन । छलफलमा व्यक्ति भन्दापनि प्रक्रियाका विषयमा लामो बहस भएको राणा निकट स्रोतको दावी छ । तर राष्ट्रियसभाका अध्यक्ष रहेका गणेशप्रसाद तिमिल्सिना भने ओलीले जे भन्छन्, त्यसैमा ठिक छ हजुर भन्दै बसेका थिए । उनी एउटा निकायको प्रमुख भन्दा पनि ओलीको कारिन्दा र सहयोगीको रुपमा प्रस्तुत भएका थिए । 

बैठकमा प्रधानन्यायाधीश राणाले प्रक्रिया र संविधान तथा ऐन कानुनका विषयमा कुरा उठ्नेबारे खड्ग ओलीलाई सजग गराएका थिए । उनले तीन जना, त्यसमाथि पनि अध्यादेश जारी भएको एकाध घण्टामा गरिने निर्णयको वैधतामाथि प्रश्न उठ्ने भन्दै त्यसो नगर्न भनेको बताइन्छ । पहिला नियुक्ति गरौ, त्यसपछि मात्रै अरु कुरा गरौ भन्ने ओलीको हर्कतलाई प्रधानन्यायाधीशको त्यस्तोे कुरापछि सोच्न बाध्य बनाएको थियो । ओलीले रोष्टर तयार रहेको र  निर्णय पनि आफैं गर्ने दम्भ राखेका थिए ।  

उनले केही नाम सिफारिस गर्ने जनाइएका थिए । केही पदमा  नाम सिफारिस हुने र नियुक्ति पनि बुधबार बिहान सार्वजनिक गर्ने तयारी गरिएको थियो ।  त्यो जानकारीपछि गम्भीर मुद्रामा प्रधानमन्त्री ओली बैठकमा उपस्थित सदस्यहरूलाई केही नभनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए ।

प्रधानमन्त्रीले नियुक्तिका लागि राखेका प्रस्तावहरूमा संसदीय समितिबाट निर्णय गराउन सकिन्छ कि सकिदैन भन्ने विषयमा लामो छलफल गरेका थिए । तर उक्त समितिमा ओलीका २ जना मात्रै सांसद रहेका छन् । खड्ग ओलीको ज्यादती रोक्नका लागि सबैभन्दा पहिले त सभामुख अग्निप्रसाद सापकोटानै बढी लागिपरेका थिए । उनी बैठकमा गइदिएनन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि अध्यादेश ल्याउने भए आफू नजाने बताइदिएका थिए । प्रधानन्यायाशीध समेत उनको पक्षका नदेखिएपछि ओली गलेका थिए । त्यस्तै बुधबार त ओलीका लागि संसदको विशेष अधिवशेनको माग आफैमा बज्रप्रहार जस्तै नै थियो ।

मैले भने पछि जे पनि हुन्छ,, जे पनि गर्न सकिन्छ भन्ने मनसाय राखेका ओलीका लागि भीम रावल र पम्फा भुसालको शितल निवासको उपस्थिती नै आफैका ठूलो बनिदिएको थियो । जताततैबाट घेराबन्दीमा परेपछि ओली सम्झौता गर्ने अवस्थामा आइपुगेका हुन् । अब उनलाई केन्द्रीय समितिको बैठकबाट कारवाही गर्ने मार्ग प्रशस्त पनि भएको छ । यस्तै, संसदीय दलबाट समेत उनलाई अब हटाउुपर्ने अवस्था आएको छ । उनले प्रमुख सचेतक देवप्रसाद गुरुङलाई समेत अपमान गरेका छन् । 

प्रतिक्रिया दिनुहोस