काठमाडौं । तात्कालिक समस्या समाधानका लागि अध्यक्षद्वयबीच अध्यादेश फिर्ता लिने समझदारी जुटेपछि नेकपा स्थायी कमिटी बैठक बुधबार साँझ चार बजेतिर मात्रै सुरु भयो ।
बैठकको सुरुवात गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि राजनीतिक संकट झन् चुलिएको बताए । उनले चार नेतासहित दुई अध्यक्षका बीचमा भएको छलफलले अध्यादेश र विशेष अधिवेशनको मागपत्र दुवै फिर्ता गर्ने समझदारी गरेको जानकारी बैठकलाई दिँदै थप प्रस्ट पार्न केपी ओलीलाई आग्रह गरे ।
स्थायी कमिटी सदस्य वेदुराम भुसालका अनुसार करिब एक घण्टा बोलेका प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने गरी भएको सहमतिबारे कुरै निकालेनन् । बरु उनले आरोप–प्रत्यारोप र हिलो छ्यापाछ्यापले कतै नपुगिने भन्दै प्रस्तावहरू फिर्ता लिन अर्का अध्यक्ष दाहालसँग आग्रह गरे ।
‘अध्यक्ष ओलीले अध्यादेश किन ल्याइयो भनेर त भन्नुभयो तर फिर्ताको कुरै गर्नुहुन्न,’ एक स्थायी कमिटी सदस्यले भने, ‘माधव नेपालजीले प्रस्ट कुरा आएन भनेपछि घनश्याम भुसालजी उठेर बोल्नुभयो ।’ ती सदस्यका अनुसार भुसालले अध्यक्षद्वयका बीचमा अध्यादेश र विशेष अधिवेशनको प्रस्ताव फिर्ता लिने, सहमतिका आधारमा संवैधानिक नियुक्ति गर्ने सहमति भएको र आपसमा भएको सहमतिबारे बैठकमा पनि गाह्रो नमानीकन प्रस्ट पारिदिन ओलीलाई आग्रह गरे ।
भुसालको कुरामा महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायतले पनि सही थापे । त्यसपछि बैठकले यही निर्णयलाई माइन्युट गर्यो । सँगसँगै विशेष अधिवेशन माग गर्दै निवेदन दर्ता गर्न गएका स्थायी कमिटी सदस्यहरू रावल र पम्फा भुसाल राष्ट्रपति भवनमा ६ घण्टा बसेर घर फर्किए । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०२ पुस २०७७, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज पनि बस्दै सत्तारुढ दलको बैठक, भूमि सम्बन्धी अध्यादेशमा छलफल
अध्यादेश अघि बढाउने सत्तारुढ दलहरुबीच सहमति
अध्यादेश राष्ट्रिय सभाबाट पनि बहुमतले पारित हुनेमा प्रधानमन्त्री विश्वस्त
अध्यादेश पारित गर्न गणपूरक संख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली
सरकारले अलोकतान्त्रिक तरिकाले देश चलाउन खोज्यो : श्रेष्ठ
सरकारले ल्याएको अध्यादेश आज निर्णयार्थ पेस नहुने