काठमाडौँ । निजी क्षेत्रको अग्रणी बैंक हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिले मर्जर तथा प्राप्तिका लागि एक समिति गठन गरेको छ । बैंकका सञ्चालक सुनिलबहादुर थापाको संयोजकत्वमा मर्जर÷एक्युजिसन उपसमिति गठन गरेको हो ।
नेपालको वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर÷एक्युजिसनलाई प्रोत्साहन गर्ने नीतिलाई अनुशरण गर्दै बैंकद्वारा उक्त उपसमिति गठन गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिए ।
सञ्चालक समितिद्वारा गठित सो उपसमितिले मर्जर÷एक्युजिसनका लागि उपयुक्त बंैक तथा वित्तीय संस्थाको खोजीका साथसाथै त्यसबारे अध्ययन विश्लेषणको कार्य गरिरहेको छ । बैंकले हालसम्म मर्जरको बारेमा कुनै निर्णय भने नभएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०१ पुस २०७७, २० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमालयन बैंकको नयाँ बानेश्वर शाखा कोटेश्वरमा स्थानान्तरण
हिमालयन बैंकको बनेपा शाखा स्थानान्तरण
हिमालयन बैंकको शाखा स्थानान्तरण
मोरङको रोडशेष चोकमा हिमालयन बैंकको शाखा
हिमालयन सेक्युरिटिजको कारोबार सुरु
हात्तीगौंडा र गोछडामा हिमालयन बैंकको सेवा