'प्रस्ताव फिर्ताको हल्ला निराधार'

सफल खबर संवाददाता

बुधबार, ०१ पुस २०७७, १९ : ४६
'प्रस्ताव फिर्ताको हल्ला निराधार'

काठमाडौँ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले राजनीतिक प्रस्ताव फिर्ताको हल्ला निराधार भएको बताएको छ ।  

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले यसअघि बैठकमा पेश भएका प्रस्तावहरु पार्टीको स्थायी समिति र केन्द्रीय समितिका बैठकहरुमा छलफल गर्ने भन्दै प्रस्ताव फिर्ताको हल्ला निराधार र कपोलकल्पित भएको जानकारी गराएका हुन् ।

यसअघि ओली र प्रचण्डबीच चार बुँदे सहमति भएको र त्यसमा राजनीतिक प्रस्ताव फिर्ता पनि भएको भनेर ओली निकटका नेताहरुले सञ्चारमाध्यमलाई बताएका थिए । तर प्रचण्डको सचिवालयले त्यसबारे स्पस्ट पार्दै प्रस्ताव फिर्ता गर्ने भन्ने समाचारको भ्रममा नपर्न अपिल गरेको छ । 

प्रतिक्रिया दिनुहोस