आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

बुधबार, ०१ पुस २०७७, ०९ : २५
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधार देशभरका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । अहिले प्रदेश २, बागमती प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी र पश्चिम तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो प्रदेश १, प्रदेश २ तथा गण्डकी प्रदेशका भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ । पश्चिमी वायुको आंशिक तथा अरबियन सागरमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव परेकाले मौसम बदली भएको हो ।

यस्तै राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस