मन्त्रिपरिषद् बैठकमा छलफल नै नगरी प्रधानमन्त्री ओली एक्लैले ल्याए अध्यादेश

सफल खबर संवाददाता

मंगलबार, ३० मंसिर २०७७, १६ : १६
मन्त्रिपरिषद् बैठकमा छलफल नै नगरी प्रधानमन्त्री ओली एक्लैले ल्याए अध्यादेश

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा छलफल नै नगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति विद्या भण्डारी समक्ष पुगेको खुलासा भएको छ । 

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयबाट जारी भइसकेको छ । केही मन्त्रीहरुले आजको मन्त्रिपरिषद बैठकमा अध्यादेशबारे कुनै छलफल नै नभएको बताए । कृषि मन्त्री घनश्याम भुसालले अध्यादेशको विषय मन्त्रिपरिषदको बैठकमा कुनै छलफल नै नभएको बताए । उनले भने, ‘अध्यादेशको विषयमा छलफल नै भएको छैन, कसरी आयो अध्यादेश ?’ प्रधानमन्त्री ओलीले पार्टीमा कुनै छलफल नै नगरी एकल निर्णय गरेर अध्यादेश राष्ट्रपति समक्ष लगेका थिए ।  

सामान्यता मन्त्रिपरिषदबाट पारित भएपछि अध्यादेश राष्ट्रपतिबाट जारी हुन्छ। तर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा छलफल समेत नगराई अध्यादेश अगाडि बढाएका कारण नेकपाका हलचल आएको छ । अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल अध्यादेश फिर्ता गर्न भनेका छन् । 

उर्जा मन्त्री बर्षमान पुनले आजको मन्त्रिपरिषद बैठकमा अध्यादेशबारे कुनै छलफल नै नभएको बताए । उनले यसअघिका बैठकमा पनि अध्यादेशको विषयमा निर्णय र छलफल भएको छैन, तर अध्यादेश आइरहेका छन् ।’ 

प्रतिक्रिया दिनुहोस