हट एयर बेलुनमा उड्दै कलाकृति

सफल खबर संवाददाता

बुधबार, १७ पुस २०८१, १५ : ५१
हट एयर बेलुनमा उड्दै कलाकृति

काठमाडौं। प्राज्ञ नगेन सिंहले पोखराको पामेमा सञ्चालित अन्तर्राष्ट्रिय हट एयर बेलुन फेष्टिफलका अवसरमा हट एयर बेलुनमा उड्दै दुई कलाकृति सिर्जना गरेका छन् । प्राज्ञ सिंहले बेलायती पाइलट एलेक्सले चार हजार फिट माथि बेलुन उठाउँदा क्यानभासमा सूर्योदयको कलाकृतिसँगै अन्नपूर्ण दृष्य चित्र सिर्जना गरेका हुन् ।

नेपालको हट एयर बेलुनमा उडेर बनाएको पहिलो पटक भएको र अन्तराष्ट्रिय हट एयर बेलुन फेस्टिभलको पनि पहिलो घटना हुन सक्ने बेलुन नेपालका व्यवस्थापक सरोज कोइरालाको दाबी छ ।

हट एयर बेलुनका पाइलट एलेक्सले हट एयर बेलुनमा बसेर बनाइएको कलाकृति सिर्जनालाई आफ्नो जीवनीको पुस्तकमा समावेश गर्ने बताए ।​

​फेस्टिभल संयोजक प्रवीण महर्जनले बेलुन फेष्टिभलमा बेलुनमा कलाकृतिको सिर्जना ऐतिहासिक क्षण भएको बताउँदै नेपालमा पहिलो पटक डिजे नानाले बेलुनमा प्रस्तुति दिएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस