चितवन । ७२ औं अन्तरराष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर युथ क्लब नारायणगढले स्वास्थ्य तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।
क्लबले भरतपुर महानगरपालिका वडा नं. १६ मा रहेको आधारभुत विद्यालय महोनपुरमा स्वास्थ्य ताथा शैक्षिक सामग्री सहयोग गरेको हो । २०७२ सालमा आएको भुकम्पबाट क्षती भएको भवन निर्माणदेखि क्लबले विभिन्न समयमा सहयोग प्रदान गर्दै आएको छ ।
विद्यालयलाई ज्वरो नाप्ने थर्मल गन, मास्क, स्यानिटाइजर, फेससिल्ड, कलम, स्यानिटाइजर छर्कने स्प्रे मेसिन, साबुनलगायतको सामग्री सहयोग गरेको हो । आउदा दिनमा पनि आवश्यकता अनुसार सस्थाले सहयोग गर्ने युथ क्लब नारायणगढका उपाध्यक्ष शालिग्राम नेपालले बताए ।
सहयोग कार्यक्रममा वडा नं. १६ का सदस्य ओमवहादुर रावल, सस्थाका पूर्व अध्यक्ष भुवन आचार्य, कोषाध्यक्ष रोशन मास्के, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डाक्टर कृष्णप्रसाद ओली, विद्यालयका प्रधानाध्यापक इश्वरीप्रसाद दवाडी लगायत सहभाग थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० मंसिर २०७७, ०८ : ३७
लेखकबाट थप