सुनको मूल्यमा सामान्य गिरावट

सफल खबर संवाददाता

सोमबार, २९ मंसिर २०७७, ११ : ३६
सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट भएको छ । आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९१ हजार ९५० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १२१० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर तोलामा १२०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि गएको बिहीबारदेखि आइबारसम्म सुन र चाँदीको मूल्य स्थिर रहेको थियो । अहिले बिहेको सिजन चलिरहेकाले सुनको व्यापार पनि बढिरहेको व्यवसायीहरुको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस