आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

आइतबार, २८ मंसिर २०७७, ०८ : २४
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार देशका अधिकांश क्षेत्रको मौसम  आंशिक बदली हुने  जनाएको छ । अहिले प्रदेश १ र बागमती प्रदेशका केही भू–भागमा आंशिकबदली रहेको छ ।

आइतबार दिउँसो प्रदेश १, बागमती तथा सुदूरपश्चिम प्रदेशका केही भू–भागमा आंशिक बदली हुने मौसमविदले बताएका छन् । पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम प्रभावित भएको हो ।

यस्तै राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत छ।

प्रतिक्रिया दिनुहोस