कैलालीमा मह उत्पादनमा बढ्दै, उत्पादन बढे पनि भारतबाट मह आयात गर्नुपर्ने बाध्यता

सफल खबर संवाददाता

शनिबार, २७ मंसिर २०७७, १६ : ३५
कैलालीमा मह उत्पादनमा बढ्दै, उत्पादन बढे पनि भारतबाट मह आयात गर्नुपर्ने बाध्यता

कैलाली । प्रतिकुल मौसमका कारण यस वर्ष महको उत्पादन बढेको मौरीपालक किसानहरुले बताएका छन् । उत्पादन बढे पनि माग भने धान्न नसकिएको किसानहरुको भनाई छ । कैलालीमा मात्रै वर्षेनी करिब १५ टन मह उत्पादन हुने भएपनि माग अनुसारको आपूर्ति नहुँदा भारतबाट मह आयात गर्नु पर्ने अवस्था छ । 

यस वर्ष मौसमले साथ दिदा मह उत्पादनका बृद्धी भएको छ । सितलहरहरु सुरु नभएको तथा मौसम सफा र न्यानो रहेकाले मौरीपालक सकसानहरुले ३ पटक सम्म मह निकालिसकेका छन् । यस वर्ष मह उत्पादनमा बृद्धी भएका बेला माग पनि बढ्ेको छ । कोरोना कहरका बिच महले शरिरमा रोग प्रतिरोधात्मक क्षमता अर्थात (इम्युनिटी पावर) बढाउने भन्दै सेवनकर्ताहरु बढेकाले माग धान्न गारो भएको मौरी पालक किसान घनश्याम पौडेल बताउँछन् ।

महको माग बर्सेनी बढ्दै गएको पनि छ । कृषि ज्ञानकेन्द्र धनगढीका अनुसार जिल्लामा उत्पादन भएको महले मात्रै माग धान्न नसक्ने भएकाले भारतबाट समेत आयत गरिदै आएको छ । जिल्लामा करिब २ सय कृषकहरुले मौरीपालन ब्यवसाय गरिरहेको र सरदर बार्षिक १५ टन सम्म मह उत्पादन भईरहेको ज्ञानकेन्द्रका प्रमुख खगेन्द्र प्रसाद शर्माले बताए ।  

नेपाली बजारमा महको माग धान्न तथा नेपाली युवाहरुलाई मौरी पालन ब्यवसाय तर्फ आकर्षित गरी आर्थिक उपार्जनमा सक्षम बनाउनु पर्ने आवश्यकता महसुस गरिएको छ । मौरीपालन व्यवसायलाई थप प्रवद्र्धन गर्दै उत्पादन संगै स्वरोजगार सृजना गर्न बिभिन्न सहयोग हस्तान्तरण, तालिम, गोष्ठी तथा प्रोत्सहानका कार्यक्रम सञ्चालन गरिरहेको ज्ञान केन्द्रका प्रमुख शर्माको भनाई छ ।

तराई क्षेत्रमा मौरी पालनका लागि तोरी खेती बाहेकका अन्य सिजनल र आवश्यक फलफुल जन्य कृषि उत्पादन नहुदा चुनौती भने बढेको देखिन्छ । जसका कारण मौरी बोकेर एक ठाउबाट अर्को ठाउमा जानु पर्ने समस्या थप जटिल बन्दै गएको कृषहरु बताउछन । सम्भाबित समस्यालाई मध्यनजर गर्दै मौरीपालन ब्यवसाय सञ्चालन गर्न सके मनग्य आम्दानी गर्न सकिने अवस्था देखिन्छ ।
 

प्रतिक्रिया दिनुहोस