काठमाडौं । नेपाली काँग्रेसले पूर्वकेन्द्रीय सदस्य एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
शनिबार सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले आइतबारसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, आइतबार केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने निर्णय भएको छ ।
यस्तै स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने तथा १३ औं दिनमा काठमाडौंमा भौतिक दुरी कायम गर्दै शोक सभाको आयोजना गर्ने निर्णय बैठकले गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
काठमाडौं जिल्लाका पूर्व सभापति समेत रहेका श्रेष्ठको ८० वर्षको उमेरमा मंसिर २६ गते भएको थियो ।
२०१८ सालमा निरंकुश पञ्चायती व्यवस्थाको विरोध गर्दै भएको क्रान्तिका क्रममा बमकाण्डमा पक्राउ परेका स्वर्गीय श्रेष्ठले पटक–पटक गरी १७ वर्ष भन्दा लामो समयसम्म बन्दी जेल जीवन बिताएका थिए ।
नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेका नेता श्यामलाल श्रेष्ठ लोकतान्त्रिक मूल्य पद्धतिप्रति अविचलित आस्था, सादगीपूर्ण जीवन र निष्ठाको राजनीतिको प्रतिमूर्तिका रुपमा समेत परिचित थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ मंसिर २०७७, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फागुन मसान्तभित्र कार्ययोजना पेश गर्न विभागलाई कांग्रेसको निर्देशन
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त
काँग्रेसले तीन नेतालाई तोक्यो सात प्रदेशको जिम्मेवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
भ्रातृ संगठनको अधिवेशन गर्न कांग्रेसद्वारा परिमार्जित विधान पारित
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान